थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृत्यु

चितवन । चितवनमा सामान्य विवादमा थप्पड हान्दा भुइँमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर बिक रहेका छन् ।

रामघाटस्थित दुर्गाचोकमा मदिरा सेवन गरेका बिकलाई सोही ठाउँका दीलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हान्दा उनी भुइँमा लडेको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनकाअनुसार भुइँमा लड्दा उनको टाउकोमा चोट लागेको थियो ।

पछि स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज लगेका गिए । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप्पड हान्ने श्रेष्ठलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अधिकारीले बताए ।

प्रतिक्रिया