थप ४५५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २१४ जनाको कोभिड १९ परीक्षण गर्दा ४५५ जनामा संक्रमण देखिएको छ । यस्तै, ८०४ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको छ ।

संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७८४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

प्रतिक्रिया