नाम्चेमा किशोरीहरुसँग फुटबलमा रमाउदै परिणीति

काठमाडौं । चलचित्र ‘उचाइँ’ को छायांकनका लागि नाम्चे पुगेकी परिणीतिले नाम्चेको सडकमा किशोरीहरुसँग फुटबल खेलिरहेकी छन् । परणीतिले नाम्चेका बालबालिकासँग फुटबल खेलेको भिडियो बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छन् । नाम्चेको सडकमा उनी किशोरीहरुसँग फुटुबल खेल्दै रमाइरहेको भिडियोमा देख्न सकिन्छ ।

भिडियोसँगै परणीतिले लेखकी छिन्, ‘समुद्री सतहभन्दा ११ हजार फिटमाथि सडकको बीचमा साना किशोरीहरुसँग फुटबल खेल्दै छु । मेरो लागि जीवन यस्तै स–साना हृदयस्पर्शी क्षणहरुको संगह्र हो ।’

सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा, अभिनेता बोमन इरानी, अनुपम खेर लगायत अहिले नाम्चे पुगेका थिए । यसबीच खेरले नाम्चेका बालबालिकालाई स्वेटर बाँडेको छन् ।

प्रतिक्रिया