साफको फाइनलमा पुगेको भन्दै नेपाली टोलीलाई राष्ट्रपतिद्वारा शुभकामना

काठमाडाैं । साफ फुटबल प्रतियोगितामा फाइनलमा पुगेको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । साफ इतिहासमा पहिलोपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएको भन्दै भण्डारीले खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन गरेकी हुन् ।

उनले ट्वीटरमा लेखेकी छन्, ‘फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु ।’ बुधवार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

प्रतिक्रिया