खोजखबर

नेपालमा २ लाख २० हजार मानिसहरु दृष्टिबिहीन

विश्व दृष्टि दिवस

सौर्य अनलाइन २०७८ असोज २८ गते १०:५३ मा प्रकाशित

काठमाडौं । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ । विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ। त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ भने करिब १०० करोड जनता अझै पनि सेवाको पहुँच बाहिर छन् ।

विश्का कुल दृष्टिविहिनहरुमध्ये करिब ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन् । यस्तै करिब १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोषको समस्या रहेको पाइएको छ । कुल दृष्ठिविहिनहरुमध्ये करिब ९० प्रतिशत दृष्टिविहिनहरु विकासशील तथा अल्पविकसित मुलुकमा रहेका छन् ।

८० प्रतिशत दृष्टिदोषलाई उपचारद्धारा निवारण गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै, अन्धोपनका प्रमुख कारणहरुमध्ये मोतिविन्दु मुख्य कारण रहेको पाइएको छ । अन्धोपनका समस्या भएकाहरुमध्ये ६५ प्रतिशत मोतिविन्दु, १४ प्रतिशत आँखाको पर्दाजन्य रोगहरु, ६ प्रतिशत आँखाको नानीमा हुने अन्धोपन, ५ प्रतिशत जलविन्दु र १० प्रतिशत अन्य रहेको छ । नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमीले गर्दा दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।

नेपालमा ६ मिटरको दुरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिबिहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन् । ती मध्ये ५० वर्ष माथिका मानिसको संख्या २ दशमलब ५ प्रतिशत रहेको छ ।

सो सर्बेक्षणबाट लुम्बिनी प्रदेश बाहेकका सबै प्रदेशमा अन्धोपनको समस्या घटेको पाइएको संघले जनाएको छ।

नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुको कारण हुने अन्धोपन, जलविन्दु, रेटिना सम्बन्धि समस्याहरु वृद्धि हुँदै गएको संघले जनाएको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय