समाजसेवी हुमागाईंद्वारा विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

काभ्रे । यो दशैँमा तपाईँ तपाईं के गर्दै हुनुहुन्छ  ?  रमाइलो भइरहेको होला ? खान पान रहनसहन मोज मस्ती त हुने खानेको लागि मात्रै यो सिजन हो । तर हुँदा खानेको लागि यो दशैं कहिले जाला भन्ने पिरलो छ । हामी सबै एकै हौ एकै तरिकाले बाँच्नु पर्छ र एकै समयको कुशल सहयात्री बन्नु पर्छ । एकलाई आपत पर्दा अर्को लाई अर्को लाई आपत पर्दा अर्कोले सहयोग गर्नु मानवीय धर्म हो । र यो धर्म हामीले कहिल्यै भुल्नु हुन्न यही स्वभावका सामाजसेवि कुमार हुमागाईंले यो मध्ये दशैमा आफ्नो मानवीय धर्म लाई कर्म बाट दर्शाएका छन् । काभ्रे जिल्लाको पनौति नगरपालिका वडा न ४ स्थित तपाई हाम्रो साप्ताहिकको कार्यालयको प्राङ्गणमा २३ जना बिपन्न परिवारलाइ राहत बितरण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उम्मेद्वार तथा पुर्ब वडा सभापती कुमार हुमागाईको आतिथ्यता सहित राहत बितरण गरिएको छ ।

तरुणदलका नगर अध्यक्ष तथा नबनिर्बाचित वडा सभापति महेश थापाको उपस्थिती रह्यो भने पत्रकारहरु अन्नपूर्ण पोस्टका जिल्ला संवाददाता तथा, काभ्रे हेडलाइनका संचालक रोजन तामाङ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य, सौर्य दैनिकका जिल्ला रिपोर्टर तथा काभ्रे सन्देश पत्रिकाका कार्यकारी सम्पादक शुकदेव थपलिया, मिलिजुली अनलाइनका रिपोर्टर प्रकाश सुन्दास, साङ्राङ टिभि र हाम्रो पनौतीका युटुबर सुमन चापागाईंको उपस्तिथिमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रमकाे संयोजन तपाईंहाम्रो साप्ताहिक र तपाईंहाम्रो अनलाइनका प्रकाशक तथा प्रधान सम्पादक बुद्धकुमार श्रेष्ठले गरेका थिए ।

पनौती बस पार्कबाट पश्चिमतर्फ हुँदै पनौती नगरपालिका जाने मार्ग, पनौती नगरपालिका-४ स्थित टौखाल पार्क अगाडिको मार्गहरुमा स्थानीय सरकारले नदेखेको पिडा महसुस गरि बाटो मर्मत, यसैगरी पनौती नगरपालिका वडा नम्बर ४ का अति विपन्न परिवारहरुलाई स्वास्थ्य बीमा, पनौतीमा रहेका पशुपति धर्मशालामा टायल रङ्गरोगन, गत सोमबारबाट खुल्ला गरिएको पनौती-५ बाँसघारीमा नवनिर्मित मुक्तिनाथ मन्दिरमा ५० हजार रकम, संभवत नेपालकै अग्लो गणेश भगवानको मूर्ति पनौती नपा ६ गोरखनाथमा स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गरिसकेका छन ।

समाजसेवी हुमागाईं विगत एक दशकदेखि निस्वार्थ भावले तनमन देखिनै लागि पर्नुहुने हाम्रो समाजका सामाजिक अभियान्ता रुपमा परिचीत, निस्वार्थ अभियानको नाटक मञ्चन गर्नेहरुको भिडमा छुट्टै पहिचान बनाउन सफल समाजसेवी, गरिब निमुखा, असाहाय, बेरोजगार, युवाहरुलाई आत्मनिर्भर बनाइने समाज रुपान्तरण गरी समृद्ध बनाउने प्रमुख लक्ष्य लिएको बताए । उनले कार्यक्रममा सम्बोधन गर्दै भने चिप्ला कुराले मात्रै उन्नत समाज नबन्ने बताए ।

सफल व्यवसायी का रूपमा समेत परिचित पनौती नपा ४ निवासी महेश थापाले पनि समाजको लागि यस्तो कार्यक्रमले मात्रै सामाजिक विकास हुने बताए । कार्यक्रमका प्रमुख सहयोगी समेत रहेका हुमागाईंले आफ्ना वडामा रहेका कोरोना कहरमा थलिएका र आर्थिक हिसाबले दयनीय अबस्था भई रोजगारी गुमाई हिन्दुहरुको महान चाँड दशै मनाउन समस्या परेका वडावासीहरुलाई आज दशैंको अष्टमीको बिहानीमा केही रकम र खाद्यान्न बितरण गरेका थिए । कार्यक्रमबाट आफूलाई ठूलो राहत मिलेको भन्दै सहभागी लाभग्राहीले आफ्नो पीडामा मल्हम लगाएकोमा हुमागाईं लगायत सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया