खोजखबर

मुगु बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३२ पुग्यो

सौर्य अनलाइन २०७८ असोज २६ गते १८:१० मा प्रकाशित

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । घटनास्थलमै २८ जना र उपचारका लागि नेपालगन्ज लगिएका ४ जनाको मृत्यु भएको जुम्ला प्रहरीले जानकारी दिएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय