राजीनामा दिने तयारीमा उद्योगमन्त्री हमाल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने तयारी गरेका छन् ।

उनले राजीनामा दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवासँग समय मागेको बालुवाटार निकट स्रोतले जनायो । आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो ।

आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन् । हमालले शुक्रवार मात्रै मन्त्रीको शपथ ग्रहण गरेका थिए । उनले शपथ ग्रहण गरेको ७२ घन्टा पनि नपुग्दै मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया