पुस्तकमा गन्धर्व सभ्यता

काठमाडौं । गन्धर्व समुदायको रैथाने संस्कृति र सभ्यताका बारेमा लेखिएको पुस्तक बजारमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रम उक्त कृतिको विमोचन गरिएको हो । लेखक तथा अध्येता डीबी नेपाली, दीपक गन्धर्व र डा. गोविन्द नेपालीले लेखेको ’नेपालका रैथाने गन्धर्व सभ्यता’ नामक पुस्तक बुधबार काठमाडौँमा विशेष कार्यक्रम गरी विमोचन गरिएको हो ।

नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरी, नायक शिव श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्ट, पत्रकार ऋषि धमालासहित लेखकत्रयले पुस्तक विमोचन गरेका हुन् । पुस्तक सारङ्गी भिलेज फाउन्डेसन कीर्तिपुरले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा गन्धर्व समूदायले बजाउने सारंगीको धुनसहितको विशेष प्रस्तुतीसमेत प्रदर्शन गरिएको थियो ।

गन्धर्व समूदायको इतिवृतान्त समेटिएको पुस्तकमा कतिपय रैथाने र परम्परागत चालचलन पनि समेटिएको छ । गन्धर्वप्रतिको समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण पुस्तकमा समेटिएको लेखक डीबी नेपालीले बताए । पुस्तकले गन्धर्व समुदायको सांस्कृतिक योगदान, क्षमता र वास्तविकताबारे आममानिसले बुझ्न सक्ने गरी नयाँ दृष्टिकोण बनाउन सहयोग पुग्ने कार्यक्रममा सहभागीले बताएका थिए । कार्यक्रममा विजनेश दर्शन राष्ट्रिय मासिक पत्रिका विमोचन गरिनुका साथै ‘माया पिरेम’ को गीति भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया