‘छन्द लहरी’ विमोचित

पाल्पा । साहित्यकार गणेश आत्रेयले लेखेको कविता संग्रह ‘छन्द लहरी’ को विमोचन गरिएको छ । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गर्दै विकृतिप्रतिको चिन्ता संग्रहमा आएको बताए । ‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ । धवल पुस्तकालय पाल्पाद्वारा आयोजित सो कार्यक्रममा ज्ञवालीले कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको धारणा व्यक्त गरे ।

उनले साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो । साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औल्याए ।

साहित्यकार तथा समालोचक डा शंकरप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताए । नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराई लगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ लेखनलाई जारी राख्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया