कांग्रेस कञ्चनपुरमा लेखक पक्षको बर्चश्व, साउद पक्ष निकै कमजोर

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरमा रमेश लेखक पक्षले वर्चश्व कायम गरेको छ । जिल्लामा कांग्रेसका दूई  नेता रमेश लेखक र एपी साउदको प्रभाव रहेकोमा रमेश लेखक पक्षले बर्चश्व कायम गरेको हो । कांग्रेसको १४औं महाअधिवेसन अन्र्तगत कञ्चनपुरका स्थानीय तहमा पनि आज नेतृत्व चयन भएको छ । जिल्लामा रहेका ९ स्थानीय तहमध्ये पाँचवटामा लेखक, एउटा एनपी साउद र तीनवटामा दिवान सिंह बिष्ट पक्षधर नेता सभापति बने ।

जिल्लामा रहेका ७ बटा नगरपालिका मध्ये ५ नगरपालिकामा लेखक पक्षधरले जितेका छन, भने एक नगरपालिकामा एनपी साउद र दूईवटा नगर र एक गाँउपालिकामा नेता दिवान सिंह विष्ट पक्षधरले सभापति जितेका छन् । एनपी सउद पक्षले कृष्णपुर नगरपालिकामा मात्र सभापति जितेको छ ।

नेता लेखकको निर्वाचन क्षेत्र रहेको कञ्चनपुर सदरमुकामको भीमदत्त नगरपालिकामा लेखक पक्षका अच्युतराज कलौनी २५० मत सहित बिजयी भएका छन, भने नेता साउद र बिष्ट पक्षका उम्मेदवार बनेका आशिष खत्रीले १२७ मत मात्र पाए ।

दोधरा चाँदनी नगरपालिकामा लेखक पक्षका राजेन्द्र मल्ल सर्बसम्मत भएका छन । त्यस्तै, साउदको निर्वाचन क्षेत्रमा रहेको र बढी चासो राखेको बेदकोट नगरपालिकामा लेखक पक्षधर तुलाराम साहु ७८ मतले बिजयी भएका छन, भने साउद पक्षधर पुस्पराज भट्टले ७१ मत प्राप्त गरेका छन । बेदकोट नगरपालिकामा नेता साउद निकै खटेको भएपनि कार्यकर्ताले पत्याएनन । त्यस्ते, जिल्लाको अर्को नगरपालिका शुक्लाफाँटामा पनि नेता लेखक पक्षधर दानसिंह ऐर सर्वसम्मत सभापति बनेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर तथा पौडेल पक्षधर पूर्व सांसद दिवानसिंह बिष्टको निर्वाचन क्षेत्रमा रहेका २ वटा नगरपालिका र १एक गाउपालिकामा बिष्ट निकट नेताले सभापतिमा जितेका छन् । बिष्टको गृहनगर बेलौरी नगरपालिकामा बिष्ट पक्षधर टेकुराम चौधरी बिजयी भएका छन, भने लेखक पक्षधर बिक्रम चन्द १० मतले मात्र पराजित भए । बेलडाँडी गाउपालिकामा बिष्ट पक्षधर उम्मेदवार गजबहादुर बिष्ट बिजयी भएका छन, भने लेखक पक्षधर उम्मेदवार पृतबहादुर बिष्ट ८ मतले पराजित भए ।

लालझाडी गाँउपालिकामा दिवानसिंह बिष्ट र लेखक पक्षका साझा उम्मेदवार कृष्ण राना ६२ मतका साथ बिजयी भएका छन्, भने साउद पक्षधर राजेश रानाले २८ मत मात्र पाए । क्षेत्र नम्बर १ को पुनर्वास नगरपालिकामा लेखक पक्षधर शुकबहादुर तामाङ बिजयी भएका छन् । नेता साउदले पौडेल पक्षधर दिवानसिंह बिष्टको साथ पाउँदा समेत जिल्ला भरी १ मात्र नगरपालिकामा चित्त बुझाउनु परेको छ । लेखकले ३ वटै निर्वाचन क्षेत्रमा आफ्नो बर्चस्व कायम राख्न सफल भएका छन् ।

प्रतिक्रिया