कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा

काठमाडौ । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरूमा नै पहिलोपटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका महानुभावहरूले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछ ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको सुरुवात गरेका हुन । डिजिटल वालेट खोल्न एपमा फेस रिकजनाइजेसन गर्न सक्ने आर्टिफिसियल इन्टलिजेन्सको प्रयोग भएको छ । साथै, एकाउन्ट ओपनिङ, लोन एप्लिकेसन, इन्टर ओपरेबल क्यूआर, एमक्यासलगायतका बैंकिङ सेवा तथा सुविधा रहेका छन् ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १ सय २९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ग्राहकलाई आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । साथै बैंकले आपूmलाई डिजिटल बैंकिङ सेवाहरूमा अब्बल बैंैकको रूपमा स्थापित गर्ने उद्देश्य रहेको छ ।

प्रतिक्रिया