माछापुच्छ्रे बैंकको बम्पर अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यही असोज ८ देखि १७ सम्मका लागि लागू रहने बताइएको छ । जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तीमा तीनवटा कारोबार गरी दैनिक २ सय १० सम्म र अफर अवधिभर अधिकतम २ हजार १ सयसम्मको क्यास ब्याक पाउन सक्नेछ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरूले दैनिक आकर्षक उपहार पनि जित्न सक्नेछ । आकर्षक उपहारमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्याँस स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टबाट प्रि गिफ्ट कुपन ट्राभल प्याकेज, फुडमान्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत थ्रुपै उपहार रहेका छन् । यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ ।

वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीवन साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचर जित्न सकिनेछ । क्रटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेट र दराजबाट खरिद गर्दा ४ सय १० सम्मको डिस्काउन्ट पनि पाउन सकिने बताइएको छ । डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकमध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरूप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछ ।

प्रतिक्रिया