एमाले केन्द्रीय कमिटी बैठक : प्रस्तावमाथि समूहगत छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी तीन प्रतिवेदन प्रस्तुत् गरिएको हो ।


उक्त प्रस्तावमाथि छलफलका लागि १० वटा समूह छुट्याइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक भोलि बिहान ११ बजे पनि बस्ने छ । भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत् गरिने छ । एमालेले असोज १५–१७ का लागि बोलाएको विधान महाधिवेशनकाे तयारी गरिरहेको छ ।

प्रतिक्रिया