२१ हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । कांग्रेस पदाधिकारी बैठकले शनिबारदेखि ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार बिहानदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले २१ वटा हिमाली जिल्लामा दशैं अघिनै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा मात्र पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति नजुटेकाले कांग्रेसको वडा अधिवेशनहरु पनि प्रभावित बनेका छन् । प्रवक्ता शर्माले १३ जिल्लाका क्रियाशील सदस्यको सूची पनि छिटै सार्वजनिक हुने बताए। उनले केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उल्लेख गरेका छन्।

प्रतिक्रिया