डिसहोममा वीर योध्दा

काठमाडौं । चलचित्र ‘वीर योद्धा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर योद्धा’ चलचित्रले व्दन्दको विषयलाई उठान गरेको छ । असोज १ गते डिसहोमबाट सार्वजनिक हुने भनिएता पनि फिल्मको कथावस्तु निकै गम्भीर खालको रहेको भन्दै सेन्सर बोर्डले प्रदर्शन स्विकृति दिएको थिएन । केही दृश्य सम्पादन पश्चात चलचित्र सार्वजनिक भएको छ ।

चन्द्र सूर्य फिल्मस्को ब्यानरमा निर्माण भएको एक्शन प्रधान चलचित्रमा बिराज भट्ट, जेनिसा केसी, शैलेस बखती, गणेश उप्रेती, सुरवीर पण्डित, मुकुन्द थापा, रश्मी भट्ट, विनोद श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको निर्माण संयोजनमा किसान पोख्रेल रहेका छन् भने निर्मातामा गुणराज राजभण्डारी, सन्तोष केसी, रामहरि श्रेष्ठ रहेका छन् । चलचित्र डिसहोम ‘सिनेमा घर च्यानल नं. १०८’ हेर्न सकिन्छ ।

प्रतिक्रिया