खोजखबर

बारको १५औँ सम्मेलन पोखरामा हुने

सौर्य अनलाइन २०७८ असोज ६ गते २१:२५ मा प्रकाशित

काठमाडौं । नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन ।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता – व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ । बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो ।– रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय