दसैँ तिहारमा हुन्डाइको विशेष अफर

काठमाडौँ । हुन्डाइले चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना ल्याएको छ । दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइएको एक्स्भेटर खरिदमा ३ लाख रुपैया नगद छुट,४३ इन्चको एमआई टिभि प्रो, २ हजार घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ ।
यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाख रुपैया सम्मको सुविधा प्रदान गरेको छ ।

चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिन विगत लामो समयदेखि विक्री वितरण गर्दै आइरहेको छ । यो योजना १ असोज देखि ३० कात्र्तिक सम्म मुलुकभर लागु गरेको छ ।

हुन्डाइका हेभी उपकरणमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया