कस्तुप पन्तको ‘आयो दशैं तिहार’ बजारमा

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैं र तिहारलाई लक्षित गरेर लोकदोहोरी गायक तथा गीतकार कस्तुप पन्तले ‘आयो दशैं तिहार’ बोलको गीत ल्याएका छन् ।

नेपाली लोकदोहोरी क्षेत्रमा दर्जनौँ गीत ल्याएर थप लोकप्रिय गायक एवं कुशल गीतकारका रुपमा चिनिएका पन्तले नजिकै आउँदै गरेको दशैं र तिहारलाई नै लक्षित गरेर अहिले पनि यस ल्याएको बताए ।

गायक पन्त आफैंले शब्द लेखेको उक्त गीतमा केशव सापकोटाको संगीत रहनुका साथै कमल सौरागले संगीत संयोजन गरेका हुन् । त्यस्तै अर्की लोकप्रिय गायिका देवी घर्तीमगरले गायक पन्तलाई आवाजमा साथ दिएकी छन् ।

दशैं र तिहारको समयमा गरिब तथा निमुखाहरुलाई समस्या हुँदा कस्को दैलोमा गइ मागेर ल्याउने र दशैं–तिहार मनाउला भन्ने एउटा गरिबको पीडालाई गीतको शब्द र भिडियोमा पनि समावेश गरिएको गायक पन्तको भनाइ छ ।

उक्त गीतको भिडियोमा निर्देशन सृजन बरालले गरेका छन् भने दिनेश पराजुलीको छायांकन रहेको छ । मोडल जिबी चिरन र निरुता शाहीले भिडियोमा अभिनय गरेका छन् । उनिहरुको साथमा बाल कलाकार आर्चय पन्तको पनि अभिनय देख्न सकिन्छ ।

अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियोलाई गायक पन्तले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । नेपाली परम्परा अनुसार मौलिकताको कदर गरेर आफूले यस गीतमा शब्द लेखेको पन्तले जिकिर गरे ।

यसभन्दा अगाडि पनि उनले आफैं शब्द लेखन, संगीत र आवाज दिएर निक्कै चर्चा पाएका दर्जनौँ गीत अझै पनि बजारमा चर्चित नै छन् । केही दिनअघि मात्रै गायक पन्त राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित समेत भएका छन् ।

प्रतिक्रिया