ढोरपाटनमा बाढीले दुई घर पुरिए, क्षतिको विवरण आउन बाँकी

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएको छ ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

प्रतिक्रिया