एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ । अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो ।

बैठक बिहान ११ बजे सुरु हुनेछ । केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् । यसैगरी बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया