अबरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रूपमा खुल्याे

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाग्दिखोलामा माथिबाट पहिरो आएपछि अबरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । मुग्लिन भन्दा करिब १ किलोमिटर पछाडी मुग्लिन–मनकामना खण्डको इच्छा कामना गाउँपालिका वडा नम्बर ४ स्थित नाग्दिखोला नजिक माथिबाट ठूलो ढुङगा सहितको पहिरो आएपछि अवरुद्ध भएकाे सडक १० घण्टाकाे प्रयास पछि एकतर्फी खुलेको हो । अत्याधिक वर्षाको कारण माथि डाडाँबाट ठूलो पहिरो आएपछि राति ११ बजेबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर खुलाउने काम भैरहेको बिपद ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनका सशस्त्र प्रहरी बलका एसपी सुशील सुबेदीले बताए ।

जाममा परेका यात्रु

सडक खुलाउनको लागि दुबै तर्फबाट डोजर लगाइएको एसपी सुबेदीले बताए । सडक अबरुद्ध भएपछी गन्तव्यमा हिडेका हजारौ यात्रु अलपत्र परेका छन । सुत्केरी, बिरामी तथा मृतकको शव लिएर आएको एम्बुलेन्स समेत जाममा परेका छन । सडक अवरुद्ध हुँदा काठमाडौं जाने र आउने सवारी साधन बीच बाटामै रोकिएका छन् । सडक खुलेपछि एम्बुलेन्स, शव वाहान, तरकारी दूध बोकेका गाडिलाइ गन्तव्यमा पठाउन लागिएको एसपी सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया