एशियन लाईफको २४ वर्षे योजना

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय जीवन बीमा योजना’ शुरू गरेको छ । इन्स्योरेन्सले परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले यो योजना संचालनमा ल्याएको हो ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभ, दुर्घटना मृत्यु लाभ र बीमाशुल्क छुट सुबिधा थप गर्न सक्ने व्यवस्था गरेको छ । यो योजनामा १८ वर्षदेखि ५३ वर्ष उमेरसम्मको व्यक्ति मात्र सहभागी हुन सक्ने छन । २४ वर्षे अवधि रहेको यो योजनामा बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँभन्दा बढी बीमितको आर्थिक अवस्थाको आधारमा जतिसुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ । साथै कम्पनीले ४२ वटा शाखा र १ सय वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने भविष्यमा अन्य बीमा योजना समेत ल्याउने योजना समावेश गरेको छ । हालसम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रीमा ल्याईसकेको जनाएको छ ।

प्रतिक्रिया