माओवादी अध्यक्ष दाहालकाे गुनासो, ‘माओवादी पनि विस्तारै एमालेकरण हुन थाल्यो’

काठमाडौं । नेकपा माओवादी केन्‍द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्‍नो पार्टी पनि विस्‍तारै एमालेकरण हुन थालेको गुनासो गरेका छन् । सोमबार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्‍दै अध्यक्ष दाहालले माओवादी पनि एमालेजस्‍तै हुन थालेको बताए । उनले छलछाम, झुट, गुट,धोका दिनेलगायको विशेषता एमालेको रहेको र त्यस्तै गुण आफूहरूको पार्टीमा सरेको भन्दै एमालेकरण हुन लागेको टिप्‍पणी गरे ।

‘अहिले हामी पार्टी पुनर्निमाणको महाअभियानमा जाने भनेर संकल्प गरेका छौँ,’ उनले भने, ‘हाम्रो पार्टीले रुपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी पनि विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो । एमालेजस्तो जस्तो हुन थाल्यो । छलछाम, झुट, गुट,धोका बेइमानी एमाले भनेकै एमाले हो । हामी पनि त्यस्तै हुने हौ कि भन्ने चिन्ता लागेको छ। विचार भनेनि सिद्धान्त भनेपनि एमालेमा सूर्य र मदन भण्डारी छन् ।’

प्रतिक्रिया