किसानको उत्पादनमा बिचौलिया हाबी

काठमाडौं । किसानको उत्पादनमा बिचौलिया हावी भएको कारण मुल्य निर्धारण पनि बिचौलियाले नै गर्ने गरेका छन । बजार मुल्य भन्दा धेरै कममा आफना उपज बिक्री गर्न बाध्य किसानसंग सामान खरिद गरेर बिचौलियाले महगोमा बिक्री गर्ने गरेका छन । कालिमाटी फलफुल तथा तरकारी बजार विकास सिमितका सूचना अधिकारी विनय श्रेष्ठले किसान र उपभोक्ताको बीचमा तरकारीको मूल्य अन्तर धेरै रहेको बताए । किसानले तरकारीलाई सचय गरेर राख्न नसक्दा मुल्य धेरै कम पाउने गरेको उनको भनाई छ । वर्षाका कारण पछिल्लो समय तरकारीको मुल्य बढेको बिकास समितिको भनाई छ । गतवर्षको तुलनामो तुलनामा तरकारीको मूल्य नबढेको भएपनि बजारमा भने उपभोग्य तरकारीको मुल्य अधिक रहेको छ ।

सो सम्बन्धमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले तरकारीका विचौलियाको तह धेरै नै भएको हुँदा कृषकले मूल्य नपाउने तर उपभोक्ताले धेरै तिर्नु परेको बताएका छन । यस बारे किसानको आफनै गुनासो रहेको छ । तरकारीको पकेट क्षेत्रको रुपमा रहेको पाँचखालका किसान बिनिता घिमिरे आफुले उत्पादन गरेको तरकारी विचौलियाले बजारमा एक सय देखि एक सय १० रुपैँया विक्री गरे पनि आफुहरुले भने किलोको ३०/४० रुपैँया मात्रै पाउने गरेकी बताउछिन ।

बजारमा तरकारीको मूल्य जति बृद्धि भएपनि किसानले २५ प्रतिशत भन्दा बढी केहीले पाउन नसकेको उनको भनाई छ । वर्षभरी घामपानी नभन्दै किसानले तरकारी उत्पादन गरेर बजारमा पठाए पनि उत्पादीत वस्तुको मुल्य पाउन नसकेको उनको गुनासो छ । तरकारी विचौलियाको कब्जामा रहेको उनको बुझाई छ । विचौलियाको हातमा बजारमा हुँदा न त किसानले मूल्य पाउँछन नत उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् । कृषि प्रधान मुलुक भने पनि कृषकले समयमा खेतमा राख्न मल, विउविजन नपाएको उनको गुनासो छ ।

अर्का किसान घनश्याम पुडासैनीमो पनि घिमिरेको जस्तै पिडा छ । बजारमा तरकारीको मूल्य जति बढेको भएपनि आप्mनो उत्पादनको मुल्य पाउन नसकेको उनको भनाई छ । उनले चाबहिल र कालिमाटी तरकारी बजारका तरकारी विचौलियाको हातमा दैनिक करिब ३ सय केजी तरकारी पठाउछन । तर, मूल्य भने बिचौलियाले निर्धारण गर्ने गरेको उनको गुनासो छ ।

बाध्यताले मूल्य नपाएपनि विचौलियाले भने अनुसार तरकारी दिन किसान बाध्य छन् । अहिले बजारमा बोडीको प्रतिकेजी १ सय ३० देखि १ सय ५० रुपैँया छ । तर किसानले किलोमा ४० रुपैया पनि पाउदैन । खुद्रा बजारमा काउली १ सय ४० रुपैया प्रति किलो रहेको छ । तर किसानले किलाको ७०÷८० रुपैया मात्र पाउने गरेको छ । सरकारले किसानका लागि बजारको व्यवस्था गरि दिए विचौलिया बाट मुक्ती पाउने पिडित किसानको भनाई छ । तर यस बारेमा लामो समय देखी सरकराले सम्वेदनसिलता देखाएको छ ।

प्रतिक्रिया