तीन पोखरेली कलाकार पुरस्कृत

कास्की । नेपाली ललितकलाका क्षेत्रमा योगदान दिएका तीन पोखरेली कलाकार पुरस्कृत भएका छन् । विगत एक दशकदेखि कलाकारितामा निरन्तर लागिरहेका कलाकारत्रय दलबहादुर गुरूङ, अमृतबहादुर कार्की र मनोज तामाङलाई ‘सिर्जनशील युवा कला पुरस्कार’ बाट सम्मानित गरिएको हो । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरुलाई जनही १० हजार रुपैयाँसहित ताम्रपत्रले सम्मान गरे । सिर्जनशील कलाकार समूहले गुरुङलाई २०७६ साल, कार्कीलाई २०७७ साल र तामाङलाई २०७८ सालको पुरस्कार प्रदान गरेको हो ।

पोखराका स्थापित कलाकार विश्वरत्न शाक्यले पिता सिद्घिरत्न तथा माता सेतुलीमायाको स्मृतिमा ‘सिर्जनशील युवा कला पुरस्कार’ स्थापना गरेका हुन् । यसको सञ्चालन सिर्जनशील कलाकार समूहले गर्दै आएको छ । पुरस्कार छनोट समिति संयोजक कलाकार लोकप्रसाद गुरुङ तथा सदस्यमा अग्रज कलाकार दुर्गा बराल, मिलन शेरचन, गोपाल श्रेष्ठ र सदस्य झविन्द्र गुरुङ रहेका छन् ।

प्रतिक्रिया