फख्रिजादेहको हत्या रिमोट कन्ट्रोल मसिन गनबाट : रिपोर्ट

वासिंगटन । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सको एउटा समाचारले इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरेली खुफिया निकायको हात रहेको दाबी गरेको छ । उक्त अखबारले इजरेलको खुफिया निकाय मोसादको एउटा टोलीले रिमोट कन्ट्रोलबाट चल्ने मसिन गनको प्रयोग गरी नोभेम्बर २०२० मा फख्रिजादेहको हत्या गरिएको जनाइएको छ । उक्त मसिन गनले आफ्नो लक्ष्य पूरा गर्न एक मिनेट भन्दा कम समय लगाएको उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार बेल्जियममा बनेको एफएन एमएजी मसिन गनलाई एउटा अत्याधुनिक रोबोटिक यन्त्रसँग जोडिएको थियो ।

आर्टिफिशियल इन्टेलीजेन्स र उच्च क्षमताका क्यामेराहरू सहितको उक्त भूउपग्रहमार्फत सञ्चालन गर्न मिल्ने कम्प्युटर प्रविधि सहितको उक्त हतियारले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने उक्त विवरणमा उल्लेख गरिएको छ । उक्त उपकरणको वजन करिब १ टनको भएको उल्लेख गरिएको छ । त्यसलाई सानो सानो टुक्रा बनाएर तस्करी गरी इरानसम्म पु¥याइएको र त्यहाँ नै जोडिएको विवरणमा उल्लेख छ ।

इरानका राष्ट्रपति हसन रुहानीले फखरीजादेहको हत्याको आरोप इजरेलमाथि लगाउँदै पारमाणविक कार्यक्रम धीमा नबनाइने गएको नोभेम्बरमा नै बताएका थिए । उनले सो हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनी समेत दिएका थिए । उनी इरानका ख्यातिप्राप्त परमाणु वैज्ञानिक हुनुका साथै इरानको इस्लामिक ’रिभोल्युशनरी गार्ड कोर’का एक वरिष्ठ अधिकारी थिए । पश्चिमा सुरक्षा स्रोतहरूले लामो समयदेखि उनलाई एकदमै शक्तिशाली र इरानको पारमाणविक कार्यक्रमका महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै आएका थिए । उनलाई इरानको परमाणु कार्यक्रमका पिता मान्ने गरिन्थ्यो ।

प्रतिक्रिया