कांग्रेस अधिवेशनको कार्यतालिका पुनः प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ अधिवेशनको कार्य तालिका पुनः प्रभावित हुने भएको छ । असोज ५ गते तोकिएको वडा अधिवेशन १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन नसकेपछि अधिवेशनको कार्य तालिका पुनः प्रभावित हुने भएको हो ।

निर्वाचन समितिले असोज ५ मा अधिवेशन हुन बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने बताएसँगै उक्त जिल्लाहरुमा पालिका अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ ।

कांग्रेसका निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले अधिवेशन हुन दुई दिन बाँकी हुँदासम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएकाले वडा अधिवेशन गर्न नसकिने बताएका हुन् ।

प्रतिक्रिया