बृज सिमेन्ट क्लबमा आबद्ध सदस्यका परिवारलाई सहयोग

काठमाडौं । बृज सिमेन्ट इन्डस्ट्रिजको बृज एक्सपर्ट मेसन क्लबमा आबद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका ब्यक्तिको परिवारलाई कम्पनीले ५ लाख आर्थिक सहयोग गरेको छ । गत जेठ ८ मा क्लबका सदस्य प्युठान जिल्ला नौबहिनी गाउँपालिका–१ स्याउली वाङका ३९ वर्षीय बोमबहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी तीन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई बृज सिमेन्टले ५ लाख रुपैयाँ बिमाबापतको रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रमलाई अझै प्रभावकारी र फलदायी बनाउन कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध निर्माणकर्मी साथीलाई उपहारसहित पास बुक वितरण गरेको छ । यस योजनाअन्तर्गत बृज सिमेन्टका कुनै पनि उत्पादन खरिद गरी योजनामा सहभागी हुन सक्ने बताएको छ । कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि देशका विभिन्न स्थान काठमाडांै, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशूली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जितपुर, शीतलनगर, बुटवल, स्याङ्जामा कार्यक्रम सञ्चालन गरेको थियो । अहिलेसम्म कम्पनीले २ हजार ५ सय बढी निर्माणकर्मीलाई ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध गरिसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया