सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

काठमाडौं । दशैंको अवसरमा आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । दशैंमा घर जानेहरुको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीद्धारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी थालिएको हो । दशैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागमा छलफल भएको हो । छलफलमा विभाग र सार्वजनिक यातायात महासंघबीच दशैंमा उपत्यका बाहिर जानेहरुका लागि अग्रिम टिकट बुकिङ १० असो जदेखि खुलाउने विषयमा सहमति भएको महासंघ अध्यक्ष डोलनाथ खनालले बताएका हुन । महासंघमा करिब १ सय कम्पनी आवद्ध छन् र एकतिहाइ बस उपत्यका बाहिर लामो रुटमा चल्ने गरेका छन् ।

कोभिड– १९ को महामारी भन्दा अघि दशैं सुरु हुनु पुर्व एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिदैं आएको थियो । गत वर्ष भने ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । कोभिड पुर्व दशैं तिहारको अवसरमा १५ देखि २० लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका थिए । कोभिड सुरु भएपछि गत वर्ष भने दशैंका बेला ५÷६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिएका थिए । सरकारले चैत २०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि उक्त वर्ष लकडाउन अगाडी र लकडाउनको बिच अवधी गरेर करिब ६÷७ लाख मानिस बाहिरिएका थिए । गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छाडेर बाहिरिनेको यात्रुको संख्या केही मात्रामा बढी हुने व्यवसायीको अनुमान छ ।

प्रतिक्रिया