एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

तुल्सीलाल प्रतिष्ठान च्यासलमा स्थायी कमिटी बैठक बोलाइएको उनले जानकारी दिए । संसद्मा एमालेको भूमिकालगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया