रिजालको ‘चाँदनी’ बजारमा

काठमाडौं । गायक केशव रिजाल र गायिका शान्तिश्री परियारको आवाज रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द रहेको गीतमा ईश्वर सिंहको संगीत तथा कृष्ण केसीले संगीत संयोजन गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र हर्मा (हुमागाइँ) ले गरेका हुन् ।

मनोज कार्कीले सम्पादन गरेको भिडियोमा रामजी खाँण र गीता ढुंगानाको अभिनय छ । केही वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजालले एक दशकदेखि नेपाली गीत संगीतमा आफू सक्रिय रहेको बताए । पर्वतको पाङमा जन्मिएका रिजालले ‘हिमालको काँखबाट सेती बग्यो’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरुवात गरेको सुनाए ।

प्रतिक्रिया