खेल-खेलाडी

ए डिभिजनमा हरेक खेल जित्दा ५० हजार

सौर्य अनलाइन २०७८ असोज २ गते ८:११ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हरेक खेलको विजेताले ५० हजार म्याच मनी पाउने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सहमति अनुसार प्रत्येक म्याचको विजयी टिमलाई ५० हजार नगद अर्थात् म्याच मनी दिनेछ । बराबर खेल्दा दुवै टिमले आधाआधा पाउनेछ ।

कुल ९१ खेल हुने लिगको म्याच मनी ४५ लाख ५० हजार हुनेछ । यस्तै प्रतियोगिताको उदयमान खेलाडीलाई एक लाख दिइनेछ भने ३० लाख ५० हजार अफिसियल खर्च गरी कुल ५० लाख रुपैयाँ परिषद्ले एन्फालाई दिइने सहमति भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय