ग्लोबल आइएमईको डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ‘८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६÷६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] LA रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिमअत्यन्तै न्युन रहेको जनाउँदछ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंङलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै[ICRANP-IR] A बाट [ICRANP-IR] A मा स्तरवृद्धि गरेको थियो । बैंकको पर्याप्त तरलता तथा पूँजीकोष, कर्जाको गुणस्तर तथामिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

प्रतिक्रिया