गभर्नर र अर्थमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा शेयर लगानीकर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामासहितका माग राख्दै सेयर बजारका लगानीकर्ताहरू आमरण अनसनमा छन् । बिहीबारदेखि पुँजी बजार सुधार सङ्घर्ष समितिले १६ बुँदे माग राख्दै अनिश्चिकालिन आमरण अनसन सुरु गरेका हुन् । पुँजी बजार र समग्र अर्थतन्त्र विरोधी भएको भन्दै लगानीकर्ताहरूले अर्थमन्त्री र गभर्नरलाई तत्काल बर्खास्त गर्न माग राखेका हुन् ।

गत सातादेखि नै विभिन्न माग राख्दै आन्दोलन, धर्ना एवं रिले अनसन गर्दै आएका लगानीकर्ताहरूले आफ्नो माग सम्बोधन नभएपछि आन्दोलनलाई थप चुस्त बनाउँदै अनिश्चितकालिन अनसन सुरु गरेका हुन् । पुँजी बजार सुधार सङ्घर्ष समितिका संयोजक आदित्य शिवाकोटीसहितका लगानीकर्ताहरूले आफ्नो माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका छन् ।

प्रतिक्रिया