इटहरीको पकलीमा लक्ष्मी बैंक

काठमाडौ । लक्ष्मी बैंकले ईटहरी उपमहानगरपालिका वडा न. १६ को पकलीमा शाखा संचालनमा ल्याएकोे छ । यो बैंको १३७ औँैँ शाखा हो । सो शाखा ईटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे छ । शाखा मार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सबै रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै बैंकको शाखा संजाल ४९ जिल्लामा १ सय ३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ६७ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिग एजेन्ट पुगेको छ । बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने भन्दै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

योे शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिग र मोवाईल फोन मार्फत बैंकिग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया