रामकुमारको ‘यतातिर दुख्यो कहिले’

काठमाडौं । गायक रामकुमार नेपालीको शब्द, संगीत तथा स्वर रहेको ‘यतातिर दुख्यो कहिले’ बोलको गीत सार्वजनिक भएको छ । भोल्युम अन नामक संस्थाले बनाएको भिडियोको गीत ‘सुसाइड’ एल्बमबाट लिइएको हो । भिडियोमा अभिनेत्री नीता ढुंगाना, अशोक केसी, सुभाष सुवेदी, समीक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का विवेक केसी आदिको अभिनय छ । क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीले शृंगार गरेकी छन् । गीतको भिडियोलाई दर्शकस्रोताले मनपराइदिनेमा आफू आशावादी रहेको भिडियो निर्देशक केसीले बताए ।

प्रतिक्रिया