सीता बन्दै कंगना

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोटले चलचित्र ‘रामायण’ मा सीताको भूमिकामा देखिनेकी भएकी छन् । चलचित्रका निर्देशक अलौकिक देसाइले यसको पुष्टि गर्दै सामाजिक सञ्जालमा कंगनासँगको तस्बिर सार्वजनिक गरेका छन् । यसअघि अभिनेत्री करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि यो चलचित्रको चर्चा निकै चुलिएको थियो । रामायणमा आधारित रहेर बनाउन लागिएको यस चलचित्रमा शीर्ष भूमिकाका लागि निर्माण पक्षले करिनालाई अफर गर्दा उनले महँगो रकम माग गरेको समाचार बाहिरियो । चलचित्रको निर्माण पक्षले यसपछि अन्य अभिनेत्रीसँग कुराकानी अगाडि बढाएको थियो । भारतीय समाचार माध्यमका अनुसार यसैबीचमा चलचित्रका लागि अभिनेत्री कंगनालाई पक्का गरिएको हो ।

निर्देशक अलौकिकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीता आरम्भ, ब्रम्हाण्ड ती मानिसको मद्दत गर्छन् जो विश्वासको साथमा समर्पित हुन्छन् । म सीताको भूमिकाका लागि कंगनालाई काम गराउन पाउँदा उत्साहित छु । यो पवित्र यात्राले हाम्रो पौराणिक कथालाई हेर्ने तरिका नै बदल्नेछ ।’ निर्माण पक्षले कंगनाले वास्तविक भारतीय महिलाको भावनालाई प्रतिनिधित्व जिकिर गरेको छ । यस्तै, चलचित्रमा काम गर्ने पक्का भएपछि उनकी बहिनी रंगोलीले १३ वर्षको उमेरमा कंगनाले सीताको भूमिका निर्वाह गरेको तस्बिर सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया