बिटुमिन ब्यारेल उद्योगको साधारण सभा

काठमाडौ । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३०, ३१ र ३२ औ वार्षिक साधारणसभा उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड–१९ का कारण सरकारले जारी गरेको निषेधाज्ञाको परिपालना गर्दै भर्चुअल माध्यम मार्पmत सभा सम्पन्न भएको हो । सभामा शेयरधनीको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक श्रेष्ठले आ.व. २०७४/७५, २०७५/७६ र २०७६/७७ मा लकडाउन तथा निशेधाज्ञा लगायतका कारणले गर्दा भौतिक निर्माणका कार्य हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकोले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसंग प्रतिस्पर्धा गरी केही मुनाफा आर्जन गर्न सकेको बताएका थिए ।

साथै सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको उनको भनाई थियो । त्यसैगरी अन्य प्रदेशमा डिलर नियुक्त गरी बिटुमिनको बजार बिस्तार गरिने जानकारी उनले गराएका थिए ।

शेयरधनीको तर्फबाट अमृतनाथ रेग्मी, डमरू बल्लभ घिमिरेले कोभिड–१९ का कारण देशमा लकडाउन तथा निशेधाज्ञा जस्ता असहज परिस्थिति पैदा हुँदा समेत केही नाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार कम्पनी अगाडी बढाउन सञ्चालक समितिमा नयाँ सञ्चालकलाई सहभागि गराउनुपर्ने बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया