सरकारले ब्यूँतायो राष्ट्रिय भूमि आयोग

काठमाडाैं । सरकारले राष्ट्रिय भूमि आयोग ब्यूँताएको छ । यो आयोगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले केशव निरौलालाई अध्यक्ष तोकेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वले यो आयोगमा भूमिसम्बन्धी समस्या समाधान गर्न देवी ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो । तर, देउवा सरकारले यसलाई खारेज गरेको थियो ।

देउवा सरकारले नेपाल शिक्षक संघका पूर्वअध्यक्ष निरौलालाई अब आयोगको जिम्मेवारी दिएको हो । आयोगका अध्यक्ष निरौलाले आजै प्रधानमन्त्री देउवासमक्ष सपथ पनि लिएका छन् । उनले सपथ लगत्तै प्रतिक्रिया दिँदै आफूले सुकुम्बासीका समस्यालाई हटाउन प्रयास गर्ने बताएका छन् ।

प्रतिक्रिया