खोजखबर

जनता र कार्यकर्ता होइनन्, बिग्रिएका त हामी माथिका नेताहरु मात्रै रहेछौं : प्रचण्ड

सौर्य अनलाइन २०७८ भदौ ३० गते ११:५५ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाका लागि आफूहरु सडकमा जान तयार रहेको बताएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अझै पनि क्रान्ति भनेपछि जुर्मुराउने युवा पंक्तिहरु रहेको बताए । बुधबार (आज) बिहान तत्कालिन पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सातौँ स्मृती दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘तर जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ । क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पार्टीभित्र पनि रहेको देखेँ । लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् ।’ त्यसैगरी गुट बनाउँदा फाइदा देखेको कारण नेताहरु बिग्रिएको बताए । तल जनता र मध्यस्तता गर्ने कार्यकर्ताहरु नभइ माथिका नेताहरु बिग्रिएको उनले टिप्पणी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने—‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइनन्, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौँ । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’ त्यस्तै आफूहरु हिजोको बिरासतबाट विचलित जस्तो भएको बताउँदै माओवादीले आफ्नो बाटो बिराएको बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय