रचना र नवीनको आवाजमा ‘चट्ट माया’

काठमाडौं । गायिका रचना रिमाल र गायक नवीन रावलको आवाज रहेको ‘चट्ट माया’ बोलको गीत सार्वजनिक भएको छ । मिलन विष्टको शब्द रहेको गीतमा गायक रावलले नै संगीत भरेका छन् । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोमा दीपेशजंग रायमाझी र उषा उप्रेती र दीपेशजंगको अभिनय छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा दीपेश र उषाको जोडी निकै जमेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियो ‘शिव दर्शन फिल्मस्’ को प्रस्तुतिमा बनेको हो । भिडियोलाई गायत्री थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया