ब्रिट्नीकोे इंगेजमेन्ट

न्युयोर्क । चर्चित गायिका ब्रिटनी स्पेयर्सले सुटुक्क इंगेजमेन्ट गरेकी छन् । बुबाको संरक्षणबाट मुक्त हुन अदालतमा मुद्दा लडिरहेकी उनले आइतबार सुटुक्क इंगेजमेन्ट गरेकी हुन् । ब्रिट्नीले एउटा भिडियो पोस्ट गर्दै पाँच वर्षदेखि सँगै बस्दै आएका साम असघारीसँग इंगेजमेन्ट गरेको जनाएकी छन् ।

भिडियोमा उनले इंगेजमेन्ट रिङ देखाएकी छन् । जसमा उनले क्याम्पसनमा आफूलाई इंगेजमेन्ट गरेको कुरा पत्यार नै नलागेको उल्लेख गरेकी छन् । गायिका ब्रिट्नीले भिडियो पोस्ट गरेको केही समयपछि नै असघारीले पनि ब्रिट्नीलाई चुम्बन गरेको फोटो पोस्ट गरेका थिए । योबाहेक औँठी देखिने फोटोसमेत पोस्ट गरेका थिए ।

असघारीका म्यानेजर ब्रान्डेन कोहनले पनि दुवैले इंगेजमेन्ट गरेको जनाए । गत जुन २३ मा ब्रिट्नीले अदालतमा उपस्थित हुँदै आफूलाई बुबाले बन्दी बनाएको र विवाह गरेर बच्चा जन्माउन पनि अवरोध गरेको जिकिर गरेकी थिइन् । त्यसयता विवाद चर्किदै गएपछि केही समय पहिलेमात्र बुबाले आफू ब्रिट्नीको संरक्षणकर्ताको भूमिकाबाट बाहिरिन चाहेको जनाएका थिए । ब्रिट्नीले असामान्य बानी देखाउन थालेपछि अदालतले उनको कमाइदेखि लिएर जीवनका हरेक निर्णय बुबाको रेखदेखमा हुनुपर्ने निर्णय गरेको थियो । ब्रिट्नीले भने यो विषयको विरोध गर्दै आएकी थिइन् । सन् २०१६ देखि ब्रिट्नी र साम डेट गर्दै आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया