खोजखबर

एकीकृत समाजवादी गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ

सौर्य अनलाइन २०७८ भदौ २९ गते ११:१९ मा प्रकाशित

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो ।

प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् । कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको केन्द्रिय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।

कमिटीमा केन्दी्रय सदस्य र जिल्ला अध्यक्षहरु पदेन रहने उनले बताए । बैठकले कमिटीहरु निर्माण गर्ने र पार्टीजीवनलाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय समेत गरको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय