बालुवामा पानी हालेजस्तो विकास बजेट खर्च

अनुषा थापा

संघीय तहमा मात्रै होइन वडा र पालिकाको विकास वजेट खर्च गर्न निर्माण व्यवसायीहरूको तजविजमा योजना छनौट हुन्छन् । निर्माण व्यवसायीहरूले महँगो लागत स्टमेट बनाएर ठेक्का हात पार्छन् । राज्यले त जनतालाई सेवाासुविधा होस् भनेर सडक निर्माण प्रक्रिया अघि सार्छ तर त्यसले भने अर्कै रूप लिन्छ । असार मसान्तमा बजेट पारित हुन्छ । साउनदेखि सडक निर्माण कार्य ।

जनताले तिरेको करबाट देशैभर सडकहरू निर्माण भएको छन् । अर्थ मन्त्रालयले हरेक आर्थिक वर्ष भारी बजेट विकास निर्माणको शीर्षकमा विनियोजन गर्छ । त्यही रकमले सडकमा कालोपत्रे हुन्छ । सरकारले हरेक पालिकालाई आवश्यकताअनुसार बजेट छृट्याएको हुन्छ । संघीय तहमा मात्रै होइन वडा र पालिकाको विकास वजेट खर्च गर्न निर्माण व्यवसायीहरूको तजविजमा योजना छनौट हुन्छन् । निर्माण व्यवसायीहरूले महँगो लागत स्टमेट बनाएर ठेक्का हात पार्छन् । राज्यले त जनतालाई सेवाासुविधा होस् भनेर सडक निर्माण प्रक्रिया अघि सार्छ तर त्यसले भने अर्कै रूप लिन्छ । असार मसान्तमा बजेट पारित हुन्छ । साउनदेखि सडक निर्माण कार्य । अहिले विकासको सुरुआत यहीँबाट हुन्छ । जसको कारण सडक निर्माण गरेको वर्षदिन नपुग्दै कालोपत्र निस्किन्छ । काम निकै कमसल हुन्छ । ठेकेदारले भेरिफिकेसन गर्दै रकम अपुग भयो भनेर काम अधुरै छोडिदिन्छ । भएको बाटोमा पनि स्तारोन्नतिका लागि भन्दै डोजर लाउँछन् । तर, कालोपत्र भने डोजर लाएर खनेको पाँच वर्षसम्म पनि पूरा हुँदैन । पहिलो वर्षमा बनेको बाटो बिगार्छन् । दोस्रो वर्ष फेरि त्यही बाटोमा डोजर लाउँछन् । तेस्रो, चौथो गर्दागदै वर्षौं बित्छ । तर, सडक पिच भने वर्षौंसम्म हुँदैन । बाटामो हिँड्दा दुर्घटना नहोस्, महिलाहरूलाई घर जान सजिलो होस् भनेर सडक विभागले सडक छेउछाउ सोलार बत्ती जडान गरेको छ । सवारी दुर्घटना कम गर्नका लागि पनि सोलार बत्ती जडान गरेको हो ।

सडकमा सिसी क्यामेरा त छन् । तर अधिकांश सिसी क्यामेराले काम गरेका छैनन् । जनताले तिरेको कर वालुवामा पानी मिसाएजस्तो भएको छ । जनतालाई सेवासुविधा दिने नाममा करको दुरुपयोग भइरहेको छ । धेरैजसो भित्री गल्लीहरूमा सोलारबत्ती जडान नै गरिएको छैन । बिग्रेका, काम गर्न छोडेको सोलारबत्तीहरू मर्मतसमेत गरिएका छैनन् । राती सडक दुर्घटना हुनुको मुख्य कारण सोलार बत्तीको अभाव नै हो । सोलार बत्ती जडान तथा मर्मतसम्भारको लागि हरेक वर्ष राज्यको ढुकुटीबाट अर्बांै रुपैयाँ निकासा हुन्छ । जसलाई कर्मचारी, नेता कार्यकर्ता र ठेकेदारहरूले कमाइखाने भाँडो बनाएका छन् ।

हरेक वर्ष अर्बौं बजेट सोलार बत्ती मर्मत, जडान र सफा गर्नका लागि खर्च गरेको कागजपत्र तयार गरिन्छ । त्यत्रो बजेटबाट कहाँकहाँ सोलार बत्तीको जडान भयो ? भएका बत्तीहरू मर्मत गरियो कि गरिएन ? यसको निरीक्षण न सडक विभागले गर्छ न त महानगरपालिकाले नै गर्छ । हामीले जनताको लागि यो गरेका छाैं, त्यो गरेको छौँ भनेर सरकारमा रहने पार्टीका नेता तथा कार्यकर्ताहरू बडो गर्वका साथ छाती फुलाउँछन् । तर सरकारले जनताको लागि नभई आफ्नो भ्रष्ट्राचारी कर्मचारी संयन्त्र र ठेकेदारहरूको लागि मात्र काम गरेको छ । नाम जनताको काम आफ्ना पार्टीका कार्यकर्ताको ।

सडकमा सोलार बत्ती नहुँदा राती महिलाहरूलाई बाटो हिँड्न धेरै गाह्रो भइरहेको छ । कामबाट फर्किंदा अँध्यारो भइसकेको हुन्छ । सार्वजनिक सवारीको दादागिरीले गर्दा कामबाट समयमै निस्किए पनि घर पुग्दा अबेर भइसक्छ । राती एक्लै बाटोमा धेरै डर बोकेर हिँड्नुपर्छ । हाम्रो समाजमा दैनिक नराम्रा घटनाहरू भइरहेका छन् । त्यै माथि रातको समयमा केही भन्न सकिन्न । सरकारले महिलाहरूलाई चाहिने सुरक्षाको व्यवस्था गर्न सकेको छैन । सोलार बत्तीले रातको समयमा हुने सडक दृर्घटनालाई लिएर राती कामबाट अबेर फर्किने पैदल यात्रुहरूलाई समेत निकै सहयोग पुर्याउँछ ।

सवारीको चाप बढेका कारण पनि आकाशे पुल अहिलेको आवश्यकता हो । सडक दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल र जेब्राक्रसले निकै सघाउ पु¥याउँछ । हरेक सडकमा आकाशे पुलको निर्माण गरिदिने हो भने दुर्घटना निकै कम हृन्छ । ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्छ । केही वर्षअघि सरकार र महानगरले सडक छेउछाउ विभिन्न जातका रुख विरुवा रोपेको थियो । उपत्यकामा मात्र नभई उपत्यका बाहिरका सडकहरूमा पनि बोटविरुवा रोप्ने कार्यक्रम भएको थियो । यसमा पनि राज्यले अर्बौं रुपैयाँ खर्च ग¥यो । तर, हेरचाहको अभावले बोटविरुवा मासियो । ती रोपेका बोटविरुवाहरू जोगाउन सरकारले चासो दिएन । बोटविरुवाहरूले हामी मानव जातिलाई अक्सिजन प्रदान गर्छ । हरियो चीजबिज हेर्नेले हाम्रो आँखा निकै ने स्वास्थ्यकर हुन्छ ।

बोटविरुवा मासिनु भनेको मानव जाति नासिनु हो । बोटविरुवा भएन भने हामीले अक्सिजन पाउँदैनौँ । अक्सिजनबिना मान्छे बाँच्न सक्दैन । यसबाट क्षति अरू होइन हामीलाई नै हुने हो । भएका जग्गाजमिन सबै मासिसकेका छन् । वनजंगल सबै फँडानी गरेर सिद्धिसक्यो । वनजंगल फडानी गरेर आवासीय क्षेत्रहरूको निर्माण भएका छन् । चौतारा, पार्टीपौवा, धाराकुवा सबै समाप्त भइसकेको छ । पानीका मुहानहरू सुक्दै गएको छन् । घर बनाउँदा अलिकति जग्गा छोडेर वृक्षरोपण गर्ने नीति ल्याइएको पनि वर्षाैं भइसक्यो । तर, कसैले टेरेका छैनन् । भएका वरपीपलका रुखहरू पनि मासेर घर बनाएका छन् । रुखविरुवाको महत्व कति छ भन्ने कुरा सबैले बुझेका छन् । तैपनि बेवास्ता गरिरहेका छन् । यसबाट हुने क्षति भोलिको दिनमा नेपालीले नै भोग्नुपर्ने हो । भारतले आएर म भोगदिन्छु भन्ने होइन । थाहा हुँदाहुँदै पनि मतलब नगर्ने । यो त एउटा जिम्मेवार नागरिकको संकेत होइन । अहिले त हाम्रो समाजमा तैले घर बनाउने कि मैले घर बनाउने होडबाजी चलिरहेको छ । तीन आना जग्गामा घर बनाउँछन् । खाली ठाउँ कहीँ पनि छोडेका छैनन् । तीन आना जग्गामा पाँच तले घर बनायो । भाडामा लगायो । अनि त खुट्टा पसारेर खान पुगिहाल्छ । अनि त्यत्रो कोठाबाट निस्केको फोहोरचाहि सडकभर हुन्छ ।

घर बनाइसकेपछि कम्तिमा पनि एक÷दुई वटा बोटविरुवा रोप्न मिल्ने जत्ति जग्गा छोड्नुपर्छ । कम्पोस्ट मल बनाउने ठाउँको निर्माण गर्नुपर्छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको मात्र हो र ? हामी नागरिकको चाहिँ होइन ? तरकारीका बोक्रादेखि लिएर बढी भएको खानासम्म बाटोमा ल्याएर फ्याकेको देखिन्छ । सरकारले पनि जनतालाई सेवासुविधाको प्रत्याभूति गराउन सक्नुपर्छ भने जनता पनि आआफ्नो ठाउँबाट सक्षम हुन जरुरी देखिन्छ । एकआपसमा जोडेर घर बनाउन दिनु नै सरकारको सबैभन्दा ठूलो गल्ती हो । यसरी घर बनाउँदा वृक्षरोपण कहाँ गर्ने ? पर्याप्त अक्सिजनका लागि एउटा घरमा कम्तीमा १५ वटासम्म बोटविरुवा लगाउनुपर्छ । यस्तो गर्न सकियो भने हाम्रो देश पनि सुन्दर र सफा देखिन्छ । व्यवस्थित सहरीकरण हुन्छ । चराचुरुंगीहरूले पनि वासस्थान पाउँछन् । सहर हरियाली हुनुको साथै हाम्रो स्वास्थ्यलाई पनि लाभ मिल्छ । मानव जातिले पर्याप्त मात्रामा अक्सिजन पाउँछन् ।

प्रतिक्रिया