काठमाडाैं । भारतीय रियालिटी शो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार मुम्बईको कपुर अस्पतालमा निधन भएकाे छ । ४० वर्षीय अभिनेता शुक्लाको मृत्युको कारण हृदयाघात भएको बताइएको छ । हृदयाघात भएपछि उनलाई मुम्बईको कपुर अस्पताल लगिएको थियो। तर, त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरे । बालिका बधु टिभी सिरियलबाट चर्चा बटुलेका सिद्धार्थले ‘फ्यान फलोअर्स’ पनि उत्तिकै कमाएका थिए। अहिले उनको मृत्युको खबरले प्रशंसक तथा सम्पूर्ण सिनेउद्योग शोकमा डुबेको छ।
सिद्धार्थ शुक्लाको जन्म सन् १९८० डिसेम्बर १२ मा भारतको मुम्बईमा भएको थियो। उनले एक मोडलका रूपमा आफ्नो करिअर सुरु गरेका थिए। शुक्लाले सन् २००५ मा विश्वको उत्कृष्ट मोडलको उपाधिसमेत जितेका थिए । मोडलिङबाट करिअर सुरु गरेका सिद्धार्थले सन् २००८ मा टिभी शो ‘बाबुलका आँगन छुटे ना’बाट टेलिभिजन सिरियलमा आफ्नो यात्रा सुरु गरेका थिए।
प्रतिक्रिया