काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शप योग्य लाइभ स्ट्रिम ‘दराज लाइभ’ यहीभदौ १६ देखि सुरु भएको घोषणा गरेको छ । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको ‘शपर टेनमेन्ट’ रणनीतिको एक भागको रूपमा पेश गरीएको छ। यस मार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्राबिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ । जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ । दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबार देखि शुक्रबार सम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ ।
ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराजएप मार्फत लाइभ हेर्न पाउनेछन्। दराजलाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दाअलि फरक र पृथकहुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक ‘सी नाउबाई नाउ’ को अवधारणा पेस गर्नेछ।
दराज लाइभमार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन् ।
प्रतिक्रिया