जीवन विकास लघुवित्तको नाफो बढ्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १०१ दशलमव ९७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ३४ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आवको सोही अवधिमा ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । उता सञ्चालन नाफा भने ९.४६ प्रतिशतले घटेर ३८ करोड ३७ लाख रुपैयाँमा झरेको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १३०.५३ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष २४३.८७ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी घटेर ११३.३४ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया