एनएलजी इन्स्योरेन्सको लाभांस पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १० दशलमव ५२ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि शुन्य दशमलाव ५२ प्रतिशत नगद गरी कूल १० दशलमव शुन्य ५२ प्रतिशत लाभांश पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७७ असार मसान्तको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान र नगद प्रवाह विवरणहरु छलफलहरु पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा कूल बीमा शुल्क आम्दानी एक अर्ब ८० करोड ७ लाख रुपैयाँ र खुद बीमा शुल्क आम्दानी ६४ करोड ६४ लाख रुपैयाँ गरेको छ । त्यस्तै, इन्स्योरेन्सले २६ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई असार मसान्तमा २ अर्ब ३१ करोड ८ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कम्पनीको कुल कारोबार ८ दशलमव शुन्य ८ प्रतिशतले बढेर एक अर्ब ८० करोड रुपैयाँ पुगेको छ । आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आएको कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ । साथै, आर्थिक वर्ष २०७६÷७७ मा नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डटकम प्रतिष्ठालाई साहित्यिक पुस्तक प्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया