जीवनको अन्तिम समयसम्म पनि कालिकोटबासीको सेवामा लाग्छु : कांग्रेस नेता शाही

कालिकोट । नेपाली कांग्रेस कालिकोटका युवा नेता भुपेन्द्रजंङग शाहीलाई नेपाल पत्रकार महासंघ कालिकोटले स्वास्थ्य लाभको कामना गरेको छ । केही महिना अघिमात्र हृर्दयघात भएर गम्भीर अप्रेशनबाट मृत्यु जितेर कालिकोट आएको अवसरमा नेपाल पत्रकार महासंघ कालिकोटले काँग्रेस युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय महासचिव शाहीको स्वास्थ्य लाभको कामना गरेको हो ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टको अध्यक्षता, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा सुन्दर कालिकोट समृद्द कालिकोटका सपनाकार भुपेन्द्रजंग शाहीको प्रमुख आतिथ्यता, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष तथा शिक्षा पत्रकार समुहका कर्णाली प्रदेश सचिव बिस्नप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, पर्यटन पत्रकार संघ कालिकोटका अध्यक्ष प्रेम सिंखाडा लगायतका जिल्लामा क्रियाशील पत्रकार, नेपाली काँग्रेसका संगठन बिभाग प्रमुख नन्दबहादुर शाही, नेविसंघका उपाध्यक्ष जगतजंग बिष्ट लगायतको उपस्थितिमा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले मृत्यु जितेर जिल्ला फर्किएका कांग्रेस नेता शाहीको स्वास्थ्य लाभको कामना गर्ने महासंघले भेटघाट कार्यक्रमको आयोजना गरेको बताए । उनले कालिकोटका स्वर्गीय पत्रकार नमराज शर्मा बसन्तको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्न महासंघलाई ५० हजार नगद सहयोग गर्नुका साथै कालिकोटका पत्रकारहरुको सुख दुखमा साथ दिने नेता भएकाले उनको सुख दुखमा पनि कालिकोटका पत्रकारहरुले साथ दिने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटमा क्रियाशील पत्रकार तथा संचार माध्यमको जिल्लाको समग्र विकास निर्माणमा ठुलो भुमीका रहेको बताए । उनले आफुले भोगेको बिराम कसैलाई पनि भोग्नु नपरोस भन्दै सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गरि काम गर्न आग्रह गरे । उनले भने, ‘सुन्दर कालिकोटलाई समृद्व बनाउने मेरो सपना बाँकी नै छ । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्बाचन र २०७४ सालमा भएको प्रतिनिधि सभा निर्बाचनमा पराजय भए । म अहिलेसम्म राज्यको सामान्य पदमा पनि जान सकेको छैन तर पनि यो जिल्लाको विकास निर्माण, सामाजिक सेवा र जनताको सुख दुखमा साथ दिने अभियान जारी नै राखेको छु । आगामी दिनमा कुनै पनि रनज्यको पदमा जाने अवसर कालिकोटबासीबाट प्राप्त गरे भने जन्मभुमीका लागि केही नमुना काम गर्ने योजना छ ।’ उनले आफ्नो जिवनको अन्तिम समयसम्म पनि कालिकोटको विकास निर्माण र कालिकोटका जनताको सुख दुखमा साथ दिने प्रतिबद्वता जनाए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालिबहादुर मल्ल र नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष बिस्नप्रसाद न्यौपानेले कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीको पुर्ण स्वास्थ्य लाभको कामना गर्दै कालिकोटको संचार क्षेत्रको विकासमा सहयोग र समन्वयको अपेक्षा राखेका थिए । उनीहरुले कांग्रेस नेता शाही कालिकोटका सबै बिचारमा आबद्द पत्रकारहरुका प्यारो नेता भएकाले कालिकोटका सबै पत्रकारहरुको साथ रहेको बताएका थिए । कार्यक्रममा सबै पत्रकारहरुले मृत्यु जितेर जिल्ला फर्किएका कांग्रेस नेता शाहीलाई अभिर लगाएर स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया